नामिबियासँग नेपाल

शक्ति गौचनले भने जस्तै विश्व ट्वान्टी–२० छनोटमा नामिबियाविरुद्ध खेल्दा नेपाल बलियो स्थितिमा हुनेछ । उत्तरी आयरल्यान्डमा अहिले केही समयमा नेपाल र नामिबिया खेल्दै छन् । नेपाली समय अनुसार खेल ७ बजे सुरु हुनेछ । लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट हुने दाउ नेपालको छ । नामिबियामाथि सफलता हात पार्दै नेपाल लगातार दोस्रो विजय हात पार्ने दाउमा छ । नेपालले शुक्रबार अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबिया भने आयोजक आयरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । जनवरीमा विश्व क्रिकेट लिग डिभिजन २ खेल्न अफ्रिका जाँदा नेपालले घरेलु टोली नामिबियालाई ३ विकेटले पराजित गरेको थियो । स्टार खेलाडी शक्ति त्यहीकारण आजको खेलमा नेपाल ‘अप्पर ह्यान्ड’ रहेको बताउछन् । शक्तिले अमेरिकासँग ३ विकेट लिएका थिए । म्यान अफ द म्याच शक्तिले ४ ओभरमा १६ रनमात्र खर्चेका थिए । अमेरिकाले ४ ओभरमा ४१ रन बनाएर बलियो सुरुआत गरे पनि शक्ति र वसन्त रेग्मीले ३–३ विकेट लिदैं नेपाललाई खेलमा फर्काएका थिए । शक्तिका अनुसार पावर प्लेपछि नेपाली स्पिनरले रन अंकुश लगाउनेमा आफुहरु विश्वस्त रहेको क्रिकइन्फोलाई बताएका थिए । उनले ब्याटिङमा ट्वान्टी–२० शैली अनुरुप नेपालको सुरुआत नभएको स्थितिको पनि बचाउ गरेका छन् । ‘लक्ष्य धेरै ठुलो थिएन, १ सय २० हाराहारीको स्कोर खासै ठूलो लक्ष्य होइन । पहिलो १० ओभर हेरेर खेलेर त्यसपछि परिस्थितिअनुसार खेल्नु हाम्रो लक्ष्य थियो,’ शक्तिले भने । नेपालले ब्याटिङ पावर प्लेमा १ विकेट गुमाई २७ रनमात्र बनाउन सकेको थियो । नामिबियाले बेलफास्टमा आयरल्यान्डसँगको खेलमा ८ विकेट गुमाई १ सय २४ रनमात्र बनाउन सकेको थियो । पावर प्लेमा टोलीले २ विकेट गुमाई ४० रन बनाएको थियो । नामिबियाले छाडेको लक्ष्य आयरल्यान्डले १८ औं ओभरमा पूरा गरेका थियो । नामिबिया पहिलो पटक ट्वान्टी–२० विश्वकपमा छनोट हुने आशामा छ ।

by sapkotad31213

This Applet uses the following services:

Install 4
works with
  • Facebook

Applet version ID 308145